विकास हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

४ भाद्र २०८२, बुधबार १५:१५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.९१ अंकले घटेर २७७० को बिन्दुमा कायम भएको छ ।

बुधबार कारोबार भएका ५९ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको मूल्य आज प्रतिकित्ता २९ रुपैयाँले बृद्धि भएको छ ।

त्यस्तै, चन्द्रागिरी हिल्सको ७.४२ प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीको ३.८४ प्रतिशत, बिन्द्यावासीनी हाइड्रोपावरको ३.७४ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*