मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

४ भाद्र २०८२, बुधबार १७:४३

काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि ४ लाख ४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ।

जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ताको न्यूनतम मूल्य ३०० रुपैयाँ र न्यूनतम आवेदन ५ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य ३७५ रुपैयाँ र न्यूनतम आवेदन ५ हजार कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ताको न्यूनतम मूल्य ३३० रुपैयाँ र न्यूनतम आवेदन १ हजार कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ताको न्यूनतम मूल्य १०० रुपैयाँ र न्यूनतम आवेदन १ हजार३१५ कित्ता शेयरहरु बिक्रीमा राखिएका छन्।

इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम १०० रुपैयाँ तिरेर मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी मिति २०८२ साल भदौ २४ गते अपरान्ह ३ः०० बजेभित्र बुझाउनुपर्नेछ।

प्राप्त बोलपत्रहरु भदौ २५ गते बिहान ११ बजे कार्यालयमा खोलिनेछ। यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका शेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिनेछ। मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*