डाटा सेन्टरको लागि चार लाख रुपैयाँ धरौटी सहित टेण्डर खोल्यो नेप्सेले

५ भाद्र २०८२, बिहीबार ०८:५२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले अफ्नो डाटा सेन्टरको लागि फायरवाल, सर्भर र स्विच खरिद गर्नको लागि टेण्डर आह्वान गरेको छ।नेप्सेले चार लाख रुपैयाँ धरौटी सहित टेण्डर पेश गर्न आग्रह गरेको छ ।

कम्पनीलाई सेप्टेम्बर २१ तारिखको दिनको १२ बजेसम्म टेण्डरमा आवेदन दिन आह्वान गरेको छ।

नेप्सेका अनुसार आर्थिक प्रस्ताव र प्राविधिक प्रस्ताव एकैपटक पेश गर्नु पर्ने छ। परेका आवेदनहरु सेप्टेम्बर २१ तारिखमा दिनको १ बजे खोलिने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*