निर्जीवन बीमा कम्पनीहरुको लगानी ६७ अर्ब २३ करोड, सिद्धार्थ प्रिमियरको सवैभन्दा बढी

काठमाडौँ । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६७ अर्ब रुपैययाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेर विभिन्न क्षेत्रमा कुल ६७ अर्ब २३ करोड २५ लाख रुपैयाँ लगानी गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुले मुद्धती निक्षेपबाट बाहिर निस्कदै विभिन्न क्षेत्रमा समेत लगानीको दायरा बढाएर अगाडि लगिरहेको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्न बीमा कम्पनीहरुलाई लगानी सम्बन्धी निर्देशिका जारी गरेसँगै कम्पनीहरुल लगानीको दायरा बढाउदै लगिरहेको छ ।
नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी लगानी रहेको छ । समीक्षा अवधिमा कम्पनीको विभिन्न क्षेत्रमा कुल सात अर्ब ९९ करोड ५८ लाख रुपैयाँ लगानी रहेको छ । कम्पनीले शिक्षा, बैकिङ तथा पूर्वाधार लगायतका विषयमा लगानी विस्तार बढाउँदै गएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी पनि लगानी विस्तारमा निकै अगाडी देखिएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अवधिमा कुल सात अर्ब ७७ करोड १० लाख रुपैयाँ विभिन्न क्षेत्रहरुमा लगानी गरेको छ ।
लगानी विस्तारको क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स आक्रामक देखिएको छ । कम्पनीले विभिन्न क्षेत्रहरुमा कुल सात अर्ब २७ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । साथै, विभिन्न क्षेत्रमा लगानी हिमालयन एभरेष्ट इन्स्योरेन्सले पाँच अर्ब १५ करोड ६ लाख रुपैयाँ लगानी गरेको छ ।
साथै, विभिन्न लगानीका क्षेत्रमा नेको इन्स्योरेन्सको छ अर्ब ४८ करोड १० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको चार अर्ब ८९ करोड आठ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चार अर्ब ८० करोड ३९ लाख रुपैयाँ लगानी रहेको छ ।
समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको चार अर्ब ४३ करोड ५४ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सको तीन अर्ब २४ करोड ११ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सको दुई अर्ब ८९ करोड ६३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको एक अर्ब १७ करोड ७६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको तीन अर्ब ८८ करोड २८ लाख रुपैयाँ विभिन्न उच्च प्रतिफल पाइने क्षेत्रहरुमा लगानी गरेको छ ।
साथै, सानिमा जिआईसी इन्स्योरेन्सले तीन अर्ब ४६ करोड १३ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको तीन अर्ब ७६ करोड ६८ लाख रुपैयाँ विभिन्न क्षेत्रहरुमा लगानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा अर्ब ५१ अर्ब ९२ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् ।
साथै, निर्जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको शेयरमा चार अर्ब ४२ करोड १८ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा दुई अर्ब ८९ करोड ९० लाख रुपैयाँ र नागरिक लगानीकोष र म्युचुअल फण्डमा एक अर्ब ७० लाख रुपैयाँ लगानी रहेको छ ।
कम्पनीहरुले विभिन्न इन्भेष्टमेन्ट कम्पनीहरुको शेयरहरुमा पाँच प्रतिशत अर्थात २९ करोड ४३ लाख रुपैयाँ, सूचीकृत नभएका अन्य पब्लिक कम्पनीहरुमा एक करोड ४८ लाख रुपैयाँ तथा पर्यटन, उद्योग, सौर्य उर्जा, केवलकार, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा एक अर्ब २५ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् ।













