पुँजी बजार सुस्तः दैनिक रुपमा खुम्चिदै कारोबार, अन्यौलमा लगानीकर्ता

काठमाडौं । पछिल्लो समय शेयर बजार सुस्त बनेको छ। बजार निरन्तर स्थिर रहँदा लगानीकर्ताको ठूलो रकम गुमिरहेको छ, जसले उनीहरूको मनोबल कमजोर बनाएको देखिन्छ।
सात कारोबारको अन्तिम दिन अथात बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ को बिन्दुमा कायम भएको छ । यसदिन कुल ३१९ वटा कम्पनीको एक करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री भएर पाँच अर्ब दुई करोड एक लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, आज नन लाइफ इन्स्योरेन्स इन्डेक्सबाहेक सबै सूचकहरु राताम्मे बनेका छन् । यसदिन कुल ५३ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । विकास हाइड्रोपावरमा सकारात्मक सर्किट लाग्दा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले लाभांश क्षमतामा सुधार देखाउने वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसको प्रत्यक्ष असर बजारमा खासै देखिएको छैन। विश्लेषकहरूको भनाइमा बजारमा माफियाको प्रभाव र उच्च मूल्यमा खरिद गर्ने प्रवृत्तिले अस्थिरता बढाइरहेको छ।
मौद्रिक नीतिले केही समयका लागि सकारात्मक संकेत दिएको भए पनि पछिल्ला हप्ताहरूमा सूचक निरन्तर घटिरहेको छ। यससँगै लगानीकर्ताको उत्साह पनि कम हुँदै गएको देखिन्छ।
विशेषज्ञहरूका अनुसार बजारमा स्थायित्व र विश्वास फर्काउन दीर्घकालीन रणनीति आवश्यक छ। उनीहरूले लगानीकर्तालाई सावधानीपूर्वक कदम चाल्न र अल्पकालीन उतारचढावभन्दा दीर्घकालीन दृष्टिकोण राख्न सुझाव दिएका छन्।












