दुई पुनर्बीमाको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
५ भाद्र २०८२, बिहीबार १५:१४

काठमाडौं । सात कारोबारको अन्तिम दिन अथात बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ को बिन्दुमा कायम भएको छ ।
यसदिन कुल ३१९ वटा कम्पनीको एक करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री भएर पाँच अर्ब दुई करोड एक लाख रुपैयाँको कारोबार भएको छ । जसमा हिमालयन रि इन्स्योरेन्सको २४ करोड नौ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमाको २० करोड नौ लाख रुपैयाँ, बलेफी हाइड्रोपावरको १४ करोड १९ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको १३ करोड ४६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड ८ लाख रुपैयाँले शेयर कारोबार भएको छ ।













