२२ लाखको हात रित्तो हुने माबिलुङ्ग इनर्जीको आईपीओ आइतबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर?

५ भाद्र २०८२, बिहीबार १७:३४

काठमाडौं । माबिलुङ्ग इनर्जीको आईपीओ आइतबार अर्थात् भदौ ८ गते बाँडफाँट हुने भएको छ । साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आइतबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यलयमा हुने भएको हो ।

उक्त कम्पनीको आइपीओ १ लाख २४ हजार ८९० जनाले १०।१० कित्ताका दरले शेयर पानेछन् । सोहि मध्यका चार जनाले थप १।१ गरी ११ कित्ता शेयर हात पार्नेछन् । जसमा झण्डै २२ लाख हात रित्तो हुने देखिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न गत असार १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले अब बाँकी १३ लाख ५४ हजार २३५ कित्तामध्ये सामूहिक लगानी कोषका लागि ७५ हजार २३६ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३० हजार ९५ कित्ता सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

यस कम्पनीको आईपीओलाई रेटिङ गर्ने संस्था ईक्रा नेपाल लिमिटेडले ‘ईक्राएनपी–आईआर बी प्लस’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*