बुङ्गल हाइड्रोको आईपीओ आयोजना प्रभावितलाई बाँडफाँड

६ भाद्र २०८२, शुक्रबार ०७:०९

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको भदौ ५ गते आईपीओ बाँडफाँड गरेको छ।

कम्पनीले आयोजना प्रभावितका लागि गत असार २९ गतेदेखि साउन २६ गतेसम्म ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त अवधिभर रितपूर्वक आवेदन दिएकामध्ये अति प्रभावित क्षेत्रका १९६ जना आवेदकलाई १ लाख १० हजार ५६० कित्ता र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता गरी कुल ८ लाख ३० हजार कित्ता आईपीओ बाँडफाँड गरेको हो।

साथै बाँडफाँडमा नपरेकाहरूको रकम बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*