सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा भर्ना (सूचना सहित)

६ भाद्र २०८२, शुक्रबार ०८:१९

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले प्रहरी जवान र प्रहरी परिचरमा ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ।

सशस्त्रले जवानमा ७८६ जना, भान्छे २६ जना, कूचिकार १० जना, सूचिकार १३ जना, केशकर्तक १० जना र चर्मकर्मी १ जना गरी कुल ८४६ जनाका लागि नयाँ भर्ना खुलाएको हो।

यसमा आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। सशस्त्र प्रहरी जवानमा आवेदन दिन इच्छुकलाई देशभर ७५ स्थान तोकिएको छ भने परिचरमा आवेदन दिनेलाई काठमाडौंको हलचोक तोकिएको छ।

सम्पर्क मिति असोज २२ गते तोकिएको छ। जवानमा आवेदन दिएकालाई आवेदन दिएको केन्द्रमा बिहान ११ बजे र परिचरमा आवेदन दिएकालाई हलचोकमा बिहान १० बजे सम्पर्क मिति तोकिएको छ।

हेर्नुहोस् सूचनाः–

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*