नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सिए. वाग्ले नेपाल धितोपत्र बोर्ड सदस्यमा नियुक्त

६ भाद्र २०८२, शुक्रबार १०:२०

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सिए. आनन्द राज शर्मा वाग्ले नेपाल धितोपत्र बोर्डको सदस्यमा नियुक्त भएका छन्। शुक्रबार बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले उनलाई स्वागत तथा शपथ ग्रहण गराएका हुन्।

उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्यलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूले समेत स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(ङ) बमोजिम नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट प्रतिनिधि रहने व्यवस्था छ। सोही व्यवस्था अनुसार संस्थाबाट सिए. आनन्द राज शर्मा वाग्लेलाई बोर्ड सदस्यमा मनोनयन गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*