यो साता नेप्सेमा १ करोड ६३ लाख कित्ता शेयर सूचीकृत
७ भाद्र २०८२, शनिबार ०९:३०

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ करोड ६३ लाख ७७ हजार ७९ कित्ता शेयर सूचीकृत भएको छ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर बापतको २६ लाख ६ हजार ६६.५४ कित्ता शेयर गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो।
त्यसपछि मंगलबार बाँडफाँडको लामो समयपछि विकास हाइड्रोपावरको कुल ९० लाख ९१ हजार १३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएर कारोबार समेत आइसकेको छ।
त्यसैगरी सोही दिन हिमालयन रि इन्स्योरेन्स लिमिटेडको साधारणसभाले पारित गरेको ४.५० प्रतिशत बोनस शेयर बापतको ४६ लाख ८० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।












