थप ८० मेगावाट विद्युत् निर्यातको लागि भारतको सहमति

काठमाडौँ । भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिदका लागि अनुमति प्रदान गरेको छ। यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाटसहित थपिएको यो परिमाण जोड्दा भारततर्फ निर्यात हुने कुल क्षमता १०९०.९ मेगावाट पुगेको छ। बंगलादेशतर्फ निर्यातको ४० मेगावाट समेत जोड्दा नेपालबाट निर्यात गर्न स्वीकृत विद्युत् क्षमता ११३०.९ मेगावाटमा पुगेको छ।
पछिल्लो पटक साउन २६ गते भारत सरकारले २०० मेगावाट विद्युत् आयातका लागि अनुमति प्रदान गरेको थियो। त्यसपछि भदौ ५ गते थप ८० मेगावाट आयात गर्ने सहमति दिइएको हो। वाइल्याटरल सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त यो अनुमति २०२५ अगस्ट २१ देखि २०२६ अक्टोबर ३१ सम्मका लागि हुने उल्लेख गरिएको छ।
यस पटक अनुमति पाएका आयोजनामध्ये मेवा खोला हाइड्रोपावर ४८.५ मेगावाट र करुवा सेती हाइड्रोपावर ३१.०४ मेगावाट रहेका छन्।













