वैदेशिक रोजगारीको प्रलोभनमा २१ लाख ठगी गर्ने ४ जना काठमाडौंमा पक्राउ

६ भाद्र २०८२, शुक्रबार १५:३५

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ बस्ने प्युठान नगरपालिका–८ घर भएका ३९ वर्षीय शान्त बहादुर विक, काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रेको भुम्लु गाउँपालिका–१ घर भएका २६ वर्षीय प्रल्हाद खत्री, काभ्रेको बनेपा नगरपालिका–८ बस्ने सिराहाको कर्जन्हा नगरपालिका–८ घर भएका ४४ वर्षीय महमद हातीम र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ घर भएका ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन्।

प्रहरीका अनुसार शान्त बहादुर विकले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितसँग ६ लाख रुपैयाँ, प्रल्हाद खत्रीले कतार पठाइदिन्छु भन्दै तीन जना पीडितसँग ७ लाख रुपैयाँ, महमद हातीमले कतार पठाइदिन्छु भन्दै एक जना पीडितसँग ३ लाख रुपैयाँ र तारा बस्नेत तामाङले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै एक जना पीडितसँग ५ लाख १७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*