नाडा अटो शोमा सार्वजनिक यातायातको समस्या र समाधान सम्बन्धि प्यानल डिसकसन सम्पन्न (तस्विरहरु)

६ भाद्र २०८२, शुक्रबार १६:१५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित नाडा अटो शोद्वारा आयोजना गरीएको नेपालमा सार्वजनिक यातायातः समस्या र समाधान विषयको प्यानल डिसकसन भव्य रुपमा सम्पन्न भएको छ ।

प्यानल डिसकसनमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव डोलनाथ खनाल र आइएमई मोटर्सका एक्जुक्युटीभ डाइरेक्टर निशान ढकाल लगायतका सहभागिता रहेको थियो ।

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ गौतमले भने, ‘देशका विभिन्न ठाउँहरुमा मोटर दुर्घटना हुन्छन् । त्यसको दावी त बीमा कम्पनीमा पर्छ । तर, दावी भुक्तानीको विषय सम्बन्धित कम्पनीको मात्र नभएर अन्य थुप्रै कुरामा ध्यान दिनु पर्छ ।’ उनले भने, ‘घटनाको प्रक्रिया के छ ?, त्यो घटनामा बीमा दावीको शर्तमा पर्छकी पर्दैन ? अनी नेपाल प्रहरीको रिपोर्ट, अस्पतालको रिपोर्ट र सर्भेयरको रिपोर्ट आएपछि मात्र दावी भुक्तानी हुन्छ।’

त्यस्तै, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले यातायात समस्या समाधानको लागि सरकार निकै सक्रिय रुपमा लागिरहेको बताए ।

तस्विरहरुः राजन कठायत, बीमापोष्ट डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*