‘बिवाईडीका अट्टो १, अट्टो २ र सिलिअन-७ नाडा अटो शोमा बने आकर्षणको केन्द्र’

काठमाडौँ । विद्युतीय सवारीसाधनमा विश्वव्यापी रूपमा ख्याती कमाएको कम्पनी बिवाईडीले नेपालमा आयोजित नाडा अटो शो २०८२ मा आफ्ना नयाँ मोडलहरू सार्वजनिक गरेपछि अटो बजार फेरि चर्चामा आएको छ। अटो मेलामा प्रस्तुत तीनवटा ब्रान्डका इभीहरू बिवाइडी अट्टो १, अट्टो २ र सिलिअन ७ ग्राहकको भीड र चासोको केन्द्र बनेका छन्।
कम्पनीका अनुसार मेलाको चौथो दिनसम्म आइपुग्दा मात्र दुई सय युनिटभन्दा बढी बुकिङ भइसकेको छ । नयाँ मोडलहरूमध्ये अट्टो १ दुई भेरियन्टमा उपलब्ध छ। यसको आधारभूत भेरियन्ट २८ लाख ९५ हजार रुपैयाँमा र उच्च भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने छ। यसै गरी अट्टो २ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने नयाँ स्तरको इलेक्ट्रिक एसयूभी मानिएको सिलिअन-७ ७२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ।

कम्पनीले मेलामा मात्र बुकिङ नभई विभिन्न आकर्षक अफर पनि ल्याएको छ। मेलामा गाडी खरिद गर्ने ग्राहकलाई दुई प्रकारका चार्जर—७ किलोवाट र ३.३ किलोवाट—उपलब्ध गराइनेछ। त्यस्तै एक वर्षसम्मको अटो इन्स्योरेन्स सुविधा नि:शुल्क दिइने र इभी खरिद गर्ने ग्राहकले बिवाइडी एप १० वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। साथै मोटर र ब्याट्रीमा १० वर्षको वा दुई लाख किलोमिटरसम्मको वारेन्टी दिइने घोषणा गरिएको छ।

नेपालको विद्युतीय सवारी बजारमा सबै ब्रान्ड उपस्थित भए पनि बिवाईडीले आफ्नो स्थान मजबुत बनाउन थालेको छ। यसको कारण मूल्य, प्रविधि, सुविधा र अफरको संयोजन हो। अन्य ब्रान्ड सार्वजनिक भइरहेका भए पनि ग्राहकको आकर्षण र बुकिङले देखाएको तथ्य बिवाईडीप्रतिको विश्वासलाई प्रष्ट पार्छ। यसैले नेपालजस्तो विकसित हुँदै गरेको बजारमा इभी उद्योगको भविष्यमुखी नेतृत्व गर्ने क्षमता बिवाईडीले प्रदर्शन गरेको देखिन्छ।
https://www.facebook.com/watch/?v=1681007112613177













