त्रिभुवन विमानस्थल अस्त-व्यस्त, जहाज आकाशमा फन्को मार्दै
६ भाद्र २०८२, शुक्रबार १७:५४

काठमाडौँ। काठमाडौँमा अहिले परेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संचालनमा ठूलो समस्या देखिएको छ। आधा दर्जनभन्दा बढी विमान आकाशमा फन्को मारिरहेका हुन् ।
विमानस्थलमा अवरोधका कारण नेपालगञ्ज, पोखरा, जनकपुर र सिद्धार्थनगरका गन्तव्यका जहाजहरु आकाशमै घुमिरहेका छन्।















