यी तीन तरिकाबाट हेर्नुहोस् माबिलुङ इनर्जीको आईपीओ नतिजा

८ भाद्र २०८२, आईतवार ०९:५६

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड भएको हो।

कम्पनीको आईपीओमा १ लाख २४ हजार ८९० जनाले १०/१० कित्ताका शेयर हात पारेका छन्। जसमा सोहि मध्यका ४ जनाले भने थप १/१ कित्ता गरी ११ कित्ता शेयर हात पारेका छन्।

आईपीओ भर्खरै बाँडफाँड भएको हुँदा नतिजा हेर्ने केहि समय लाग्नेछ।

यी तरिकाबाट हेर्न सकिन्छ नतिजा

बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*