उकाशियो सुनको मूल्य, अब प्रतितोला कति ?

८ भाद्र २०८२, आईतवार १०:२३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*