अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप खिच्दै

८ भाद्र २०८२, आईतवार १०:३२

काठमाडौं । वित्तीय प्रणालीमा कायम रहेको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकले यसका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत प्रयोग गर्ने भएको हो।

राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यस कारण ब्याजदरलाई व्यवस्थित राख्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता सोस्ने कार्य गर्दै आएको छ।

यस पटकको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउनेछन्। बोलकबोलमा पेश भएका प्रस्तावहरूमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ र त्यसैअनुसार रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

आइतबार हुने यो बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ। निक्षेप संकलन उपकरणमा संकलित रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ भदौ २९ गते हुने जानकारी राष्ट्र बैंकले दिएको छ। यसमा सहभागी हुन सकिने न्यूनतम् रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोडले भाग जाने गरी निःशेष भाग हुने गरी कुल आह्वान रकमसम्म रहने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*