मेटलाइफसँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणद्वारा ‘रिस्क रिजिलियन्स एक्सचेन्ज’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण (एनआईए) ले बीमा क्षेत्रलाई सक्षम, दिगो र जोखिम–सहिष्णु बनाउने लक्ष्यसहित मेटलाइफसँगको सहकार्यमा ‘मेटलाइफ–एनआईए–रिस्क रिजिलियन्स एक्सचेन्जः एड्भान्सिंग इन्स्योरेन्स एक्सिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम नक्सालस्थित म्यारियट होटलमा सम्पन्न भएको थियो भने कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदी, निर्देकहरू पुजन ढुङ्गेल अधिकारी, ध्रुव तिमिल्सिना, निर्मल अधिकारी लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो। त्यस्तै मेटलाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मलकाजी श्रेष्ठ तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति थियो।
कार्यक्रममा जोखिम व्यवस्थापन रूपरेखा (रिस्क म्यानेजमेन्ट फ्रेमवर्कस्), जोखिम–आधारित पर्यवेक्षण (रिस्क बेस्ड सुपरभिजन) र जोखिम मूल्यांकन (रिस्क एसेसमेन्ट) जस्ता महत्त्वपूर्ण विषयमा मेटलाईको तर्फबाट कास्टिटी हा–वरिष्ठ उपाध्यक्ष, प्रमुख जोखिम अधिकृत तथा अनुपालन प्रमुख, एशिया (जापान बाहेक), अल्बर्ट ओ–सहायक उपाध्यक्ष, सञ्चालन जोखिम, एएक्सजे, ची शान वोंग–सहायक उपाध्यक्ष, गैर–वित्तीय जोखिम मूल्याङ्कन, बिक्री अभ्यास र अनुपालन परीक्षण, एएक्सजे, एम्मा इनिस–सहायक उपाध्यक्ष, सञ्चालन, शासन तथा आश्वासन, नैतिकता र अनुपालन, एएक्सजे, जुंग स्युंग ली–सहायक उपाध्यक्ष, वित्तीय जोखिम, एएक्सजेले वेबेक्स भिडियो टेलिकन्फरेन्सिङ मार्फत प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा मेटलाइफका सीईओ निर्मलकाजी श्रेष्ठले स्वागत मन्तव राख्दै मेटलाइफ र बीमा प्राधिकरणको सहकार्यमा यस किसिमको कार्यक्रम पहिलो पटक आयोजना गरिएको खुशी व्यक्त गर्दै यस्ता पहलले बीमा उद्योगलाई नयाँ दिशा दिने, जोखिम व्यवस्थापनलाई सबल बनाउन तथा नियामक र बीमा कम्पनीबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण कदम चाल्ने बताए। साथै उनले यस्तो कार्यक्रमले बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर दिलाउने विश्वास व्यक्त गरे।
उद्घाटन मन्तव्य दिंदै प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीले जोखिममा आधारित निरीक्षण विश्वका विभिन्न राष्ट्रहरुले अवलम्बन गरिसकेको र नेपालले पनि प्राधिकरणकले टोरोन्टो सेन्टरसँग सहकार्य गर्दै आरबीएस फ्रेमवर्क तयार पारेको सोही अनुरूप केही जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा पाइलट अभ्यास शुरू गरिसकिएको बताए।
यद्यपि यसको पूर्ण रूपमा लागू गर्न प्रविधिगत जटिलता र संस्थागत क्षमता अभावजस्ता चुनौतीहरू अझै विद्यमान रेहेको सन्दर्भमा भविष्यमा नियामक क्षमता अभिवृद्धि गर्दै प्रभावकारिता बीमा क्षेत्रलाई अझ दिगो, सक्षम र अन्तर्राष्ट्रिय अभ्याससँग जोड्नुपर्ने बताएका थिए।
कार्यक्रममा प्राधिकरणका तर्फबाट प्राधिकरणले अवलम्बन गर्दै आएको जोखिममा आधारित निरीक्षण सम्बन्धी प्रस्तुतीकरण दिंदै उपनिर्देशक राजेन्द्र महर्जनले २१औं शताब्दीतिर अघि बढ्दै गर्दा नयाँ र उदीयमान जोखिमहरू उत्पन्न भइरहेको र यस्ता जोखिमहरू व्यवस्थापन गर्न र बीमा क्षेत्रमा जोखिम–सहिष्णु वातावरण निर्माण गर्न नियामक र उद्योगबीचको सहकार्य रहेको बताउँदै मेटलाइफले अवलम्बन गर्दै आएको अनुभवले बीमा कम्पनी र नियामकबीच विश्वास र दीर्घकालीन सहकार्य हुने बताए। जोखिममा आधारित निरीक्षणबारे विस्तृत प्रस्तुतीकरण भने सहायक निर्देशक गोकूलराज दहालले दिएका थिए।
कार्यक्रममको अन्तमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारीले कार्यक्रममा प्रस्तुत अनुभव र साझा ज्ञान अत्यन्तै महत्वपूर्ण र उपयोगी रहेको वताउँदै यस सत्रबाट प्राप्त ज्ञान र सिकाइहरू केवल यो कोठामा सीमित नराखी व्यवहारिक रूपमा आफ्नो संस्था, कार्यक्षेत्र र समग्र बीमा उद्योगमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अत्यावश्यक रहेको वताए।
कार्यक्रमको सन्चालन तथा मोडरेसन मेट लाइफका रिक्स एण्ड क्म्पाइन्स हेड अनुपम खरेलले गरेका थिए। नियामक र बीमा कम्पनीसँगको यस्तो खाले सहकार्यले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्ने, नेपालको बीमा बजारलाई पारदर्शी, विश्वासिलो र प्रतिस्पर्धी बनाउन समेत महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए।













