साउन महिनामा वैदेशिक व्यापारमा उछाल: निर्यातमा ९५% भन्दा बढी वृद्धि

८ भाद्र २०८२, आईतवार १४:२३

काठमाडौँ ।  नेपालको वैदेशिक व्यापारमा पहिलो महिनामा ठूलो वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को साउन महिनामा आयात करिब १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही महिनाको तुलनामा ११.४२ प्रतिशतले बढेको हो।

त्यसैगरी, निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ। चालु वर्षको पहिलो महिनामा निर्यात २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ जसले ९५.७५ प्रतिशतको वृद्धि दर देखाएको छ।

वैदेशिक व्यापार घाटा भने १ खर्ब १९ अर्ब रुपैयाँमा रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.५५ प्रतिशतले मात्र बढेको हो। कुल वैदेशिक व्यापार १खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ, जुन १८.७५ प्रतिशतले बढेको संकेत हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*