हिमालयन डिष्टिलरी र नेपाल रिको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्सेमा कुल ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
त्यसपछि नेपाल रिको २४ करोड ४७ लाख रुपैयाँ, हिमालयन रिको २३ करोड ३५ लाख रुपैयाँ, बुटवल पावरको १३ करोड ७३ लाख रुपैयाँ, शिवम् सिमेन्टको १२ करोड ६ लाख रुपैयाँबढीको शेयर किनबेच भएको छ।
तयसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ५६ लाख रुपैयाँ, नारायणी विकास बैंकको ११ करोड २८ लाख रुपैयाँ, राधी विद्युतको ११ करोड ६ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको ९ करोड ८० लाख रुपैयाँ र सीईडीबी होल्डिंसको ८ करोड ५७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।













