निजी क्षेत्रमा ४ खर्ब २३ अर्ब कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?

८ भाद्र २०८२, आईतवार १६:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ । यो वृद्धि ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ बराबर हो। अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशतले मात्र बढेको थियो ।

समीक्षा अवधिमा गैर–वित्तीय संस्थागत क्षेत्रको कुल कर्जाको ६२.८ प्रतिशत, व्यक्तिगत तथा घरपरिवार क्षेत्रको कुल कर्जाको ३७.२ प्रतिशत, वाणिज्य बैंकको ८.६ प्रतिशत, विकास बैंकको ६.१ प्रतिशत, वित्त कम्पनीको ८.४ प्रतिशतले कर्जा बृद्धि भएको छ ।

साथै, घर जग्गाको धितोको कुल कर्जाको ६४.७ प्रतिशत, चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोको कुल कर्जाको १४.५ प्रतिशत, औद्योगिक उत्पादन कर्जा ७.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा कर्जा १५.५ प्रतिशत, थोक तथा खुद्रा व्यापार कर्जा ३.४ प्रतिशत र कृषि क्षेत्रः ०.२ प्रतिशतले कर्जा घटेको छ ।

रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत)को ५.९ प्रतिशत, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा ५१.१ प्रतिशत र हायर पर्चेज कर्जा ३.७ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*