नेको इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्दै, कसरी सहभागी हुने ?
९ भाद्र २०८२, सोमबार ११:०७

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २२ गतेदेखि २४ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने जनाएको हो ।
कम्पनीका अनुसार तालिम बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भएको छ । कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंबाट भर्चुअल माध्यमबाट उक्त तालिम सञ्चालन हुने भएको छ । तालिममा सहभागी हुनको लागि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने छ ।














