नाडा अटो शो–२०२५: ‘स्काइवेल’का १३१ गाडी बुकिङ

९ भाद्र २०८२, सोमबार १४:३६

काठमाडौं । आइतबार सम्पन्न ‘नाडा अटो शो–२०२५’ मा प्रिमियम इलेक्ट्रिक कार स्काइवेलमा दर्शकहरूको उल्लेखनीय आकर्षण देखियो। नेपालको आधिकारिक विक्रेता जी मोटर्स प्रालिका अनुसार, प्रदर्शनी अवधिमा १३१ स्काइवेल गाडी बुक भएका छन्।

प्रदर्शनीका दिनभर अवलोकनकर्ताहरू स्काइवेलको स्टलमा घण्टौँ समय विताएका थिए। प्रिमियम इलेक्ट्रिक कारप्रतिको रुचि दिनप्रतिदिन बढिरहेको देखिन्थ्यो।

नेपालमा हाल ६२० किलोमिटर रेंजको ईटी–फाइभ, ५२० किलोमिटर रेंजको बीई–इलेभेन र ४१० किलोमिटर रेंजको बीई–इलेभेन मोडल उपलब्ध छन्। यी मोडलको मूल्य क्रमशः एक करोड १५ लाख, ८९ लाख ९० हजार र ७९ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ।

अटो शोमा स्काइवेल गाडी बुक गर्ने ग्राहकहरूलाई कम्पनीले विशेष अफर उपलब्ध गराएको थियो। यसमा नगद छुट, युरोप भ्रमणको अवसर, साथै हिराको हार जस्ता आकर्षक लाभ समावेश थिए। यसै कारण, प्रदर्शनीका दिनभरी स्काइवेल स्टलमा मानिसहरूको भीड रहिरह्यो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*