दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार, यी १० वटामा झुम्मिए लगानीकर्ता
९ भाद्र २०८२, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.२२ अंकले बढेर २७६३ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै सोमबार पाँच अर्ब ७५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । जसमा नेपाल रि इन्स्योरेन्सको ७६ करोड ९६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ३९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीका २० करोड ६६ लाख रुपैयाँ, राधी विद्युतको १७ करोड ७१ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड ६५ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।













