प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा

१० भाद्र २०८२, मंगलवार ०६:३२

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ५१ हजार ४४० कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको छ।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु पर्ने व्यवस्था भएकाले हाल उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।

योग्य तथा इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर कित्ता र सोको मूल्य समेत तोकेर मोरङ्गको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५०० रुपैयाँ तोकिएकाले खरीदकर्ताले कम्तीमा न्यूनतम मूल्य राखेर शेयर खरीदका लागि निवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरीद निवेदन प्राप्त नभएमा वा आंशिक मात्रै शेयर खरीदका लागि निवेदन प्राप्त भएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*