यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१० भाद्र २०८२, मंगलवार ०६:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३९.८४ रुपैयाँ र बिक्रीदर १४०.४४ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १०१.१४ रुपैयाँ र बिक्रीदर १०१.५७ रुपैयाँ तोकिएको छ भने १० जापानिज यनको खरीददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ निर्धारण भएको छ।
त्यस्तै एक कतारी रियालको खरीदमूल्य ३८.३६ रुपैयाँ र बिक्रीमूल्य ३८.५३ रुपैयाँ कायम हुँदा १०० दक्षिण कोरियन वनको खरीदमूल्य १०.०८ रुपैयाँ र बिक्रीमूल्य १०.१२ रुपैयाँ कायम भएको छ।












