पुरानो लाभांश लिन सिद्धार्थ बैंकले बोलायो शेयरधनी

१० भाद्र २०८२, मंगलवार ०८:३८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश लिन आउन शेयरधनीलाई बोलाएको छ। बैंकले विगतका विभिन्न आर्थिक वर्षहरूमा पारित गरेको लाभांश हालसम्म पनि नलिएका शेयरधनीहरूलाई बोलाएको हो।

बैंकले त्यस्ता शेयरधनी वा नजिकको हकवालाले प्रचलित कानून बमोजिम आवश्यक प्रमाणपत्र र कागजात सहित सम्पर्क गरेमा लाभांश दिइने बताएको छ।

तर साधारणसभाले पारित गरेको पाँच वर्ष पूरा हुँदासम्म पनि सम्बन्धित शेयरधनीको तर्फबाट लाभांश लिन नआएमा त्यस्तो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ।

लाभांश लिन बाँकी शेयरधनीको विवरण बैंकले आफ्नो वेबसाइटमा पनि प्रकाशित गरिएको जनाएको छ। लाभांश लिनलाई काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा सम्पर्क गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*