झापा इनर्जीको आईपीओ बाँडफाँड

१० भाद्र २०८२, मंगलवार ०९:४५

काठमाडौं । झापा इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गरेको थियो।

आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो।

उक्त अवधिभर रीतपूर्वक आवेदन दिएकाहरूलाई भदौ ९ गते बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो। आईपीओको नतिजा अनलाइनबाट हेर्न सकिने कम्पनीले जानकारी दिएको छ।

यससँगै अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*