विदेश पठाइदिन्छु भन्दै ठगेको आरोपमा दुईजना पक्राउ

१० भाद्र २०८२, मंगलवार १०:५९

काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ घर भएका ५० वर्षीय योगेन्द्र घले छन् ।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । ताम्राकारले इजरायल पठाउँछु भनेर एकजना पीडितसँग १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अर्का आरोपी घलेले जापान पठाउँछु भनेर ६ लाख रुपैयाँ ठगी गरेको एसपी आचार्यले बताए ।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*