क्रेस्ट माइक्रो लाइफको रेटिङ पुनः पुष्टि, सुदृढ पूँजी र तीव्र विस्तारले बनायो भविष्य सुनिश्चित

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको इश्युअर रेटिङलाई इक्रा नेपालले पुनः पुष्टि गरेको छ । कम्पनीलाई इक्राएनपी–आईआर डबल बी रेटिङ प्रदान गरिएको हो ।
डबल बी रेटिङ भनेको कम्पनीसँग वित्तीय जिम्मेवारी पुरा गर्न पर्याप्त क्षमता रहेको तर केही बाह्य जोखिम र बजार चुनौतीहरूले मध्यम स्तरको जोखिम कायम राख्न सक्ने जनाउँछ। यसले निवेशक र बीमा ग्राहकहरूलाई कम्पनीसँग दीर्घकालीन सम्बन्ध राख्न सहजता दिने संकेत गर्छ।
क्रेस्टमा संस्थागत प्रवर्तकको उपस्थितिले कम्पनीलाई मजबुत बनाएको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेड कम्पनीको सबैभन्दा ठूलो प्रवर्तक रहेको छ जसले हाल करिब १५ प्रतिशत शेयर होल्ड गरेको छ (आईपीओपछि २१ प्रतिशतबाट घटेको हो) ।
कम्पनीले हाल देशभर करिब २३ वटा शाखा सञ्जालमार्फत सेवा दिइरहेको छ । विशेषगरी संस्थागत तथा ऋणसँग जोडिएका बीमा योजनातर्फ कम्पनीको व्यवसाय केन्द्रित रहेको छ, जसले २०२५ आर्थिक वर्षमा पहिलो वर्षको प्रिमियम आम्दानीको करिब ६८ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसका साथै, कम्पनीले एजेन्ट सञ्जाललाई पनि निरन्तर विस्तार गरिरहेको छ । २०२५ जुलाई मध्यसम्म क्रेस्टसँग करिब १,४०० एजेन्टहरू संलग्न भइसकेका छन् । त्यस्तै, कम्पनीले सहकारी संस्था र माइक्रो फाइनान्सहरूसँगको सहकार्यलाई बढाउँदै लगानीसम्बन्धी थोक व्यवसायमा विस्तार गरेको छ । यी कदमहरूले पछिल्ला वर्षहरूमा कम्पनीको वृद्धिलाई टेवा पु¥याएको छ र आगामी दिनमा पनि यसलाई थप सशक्त बनाउन सहयोग गर्ने सकारात्मक आधार बनेको छ ।
२०२५ मार्चमा सम्पन्न प्राथमिक सेयर निष्कासन (आईपीओ) पछि कम्पनीको पूँजीकरण प्रोफाइल पनि पर्याप्त बनेको छ । यी सबै पक्षहरूले कम्पनीको भविष्यप्रति सकारात्मक संकेत गरेका छन् ।
कम्पनीको बीमा उत्पादन संरचनामा करिब ७१ प्रतिशत आम्दानी टर्म बीमाबाट आएको छ । निकट तथा मध्यम अवधिमा कम्पनीले प्रतिस्पर्धात्मक बजारमा आफ्नो व्यवसायलाई ठूलो स्तरमा विस्तार गर्दै नाफामुखी परिणाम देखाउन सक्ने क्षमता र दाबी भुक्तानी अनुपातमा आएको हालको वृद्धिलाई व्यवस्थापन गर्ने दक्षता नै रेटिङको मुख्य आधार रहनेछ । संस्थागत प्रवर्तकको साथ, पर्याप्त शाखा विस्तार र पूँजीकरण सुदृढीकरणले गर्दा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आगामी यात्रा सकारात्मक देखिएको छ ।
रेटिङको पूर्णपाठ:
A.1259-Crest-Micro-Life-Insurance-Limited_Issuer-Rating-Surveillance_August-2025_final












