राष्ट्र बैंकको नयाँ निर्देशन: भारतीय २००, ५०० र २००० नोटमा रोक, ५ हजार डलरभन्दा बढी नबोक्न आदेश

१० भाद्र २०८२, मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार गर्दा भन्सार घोषणा गर्न आग्रह गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार ५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा नेपालमा भित्र्याउँदा वा बाहिर लैजाँदा भन्सार घोषणा अनिवार्य छ।

राष्ट्र बैंकका नियमअनुसार, नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा भित्र्याउन सक्नेछन्। भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबरको रकम र अन्य विदेशी मुद्राको हकमा पनि अमेरिकी डलर ५ हजार बराबरसम्म नगद भन्सार घोषणा बिना भित्र्याउन पाइन्छ। तर, सो रकमभन्दा बढीको विदेशी मुद्रा भित्र्याउँदा वा बाहिर लैजाँदा भन्सार घोषणा गराउनु अनिवार्य छ।

यसअघि राष्ट्र बैंकले २०७५ असार ३२ र २०७५ चैत २६ मा पनि विदेशी मुद्रा कारोबारसम्बन्धी सूचना जारी गरिसकेको छ। त्यस्तै, २०७५ पुस २३ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार, सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि जारी ५०० र १००० भारतीय रुपैयाँ नोटको कारोबार गर्न नपाइने व्यवस्था छ। साथै, २००, ५०० र २००० भारतीय रुपैयाँ नोट साथमा राख्न, ओसार पसार गर्न वा कारोबार गर्न नपाइने व्यवस्था समेत लागू गरिएको छ।

नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने समेत जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*