नेको इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता बढी बोनश शेयर सूचीकृत
१० भाद्र २०८२, मंगलवार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार १७ लाख कित्ता बढी बोनश शेयर सूचीकृत भएको छ। आज नेप्सेमा नेको इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको हो।
कम्पनीको ७ प्रतिशतले हुन आउने १७ लाख ६० हजार ८ सय १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।













