आइएमई लाइफ इन्स्योरेन्सको मधेश प्रदेश प्रमुखमा ओम प्रकाश राई नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले मधेश प्रदेशको प्रदेश प्रमुखमा ओम प्रकाश राईलाई नियुक्त गरेको छ। कम्पनीको स्थापना कालदेखि नै कोशी प्रदेशमा विभिन्न जिम्मेवारीमा रहेका राईले कम्पनीका विभिन्न शाखाहरूको शाखा प्रमुख तथा लामो समयदेखि कोशी प्रदेशको प्रदेश उप(प्रमुखको रूपमा काम गर्दै आएका थिए ।
शाखा संचालन, तालिम, तथा नेतृत्व विकासमा विशेष दक्षता हासिल गरेका राई पुर्बी नेपालको बीमा क्षेत्रमा सफल व्यवस्थापकको रूपमा परिचित छन् । आइएमइ समूहले प्रबर्धन गरेको, आइएमइ लाइफ इन्स्योरेन्स लिमिटेड, ग्राहक सेवा तथा नविनतम जिबन बीमा योजना मार्फत छोटो समयमै नेपालको जिबन बीमा क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको छ ।
राईको नियुक्तिसँगै मधेश प्रदेशमा जीवन बीमा पहुँच र व्यवसायमा उल्लेखनीय वृद्धिमा सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।












