झापा इनर्जीले भदौ २० गतेदेखि सर्वसाधारणमा आईपीओ ल्याउने

११ भाद्र २०८२, बुधबार ०६:५३

काठमाडौं । झापा इनर्जी लिमिटेडले यही भदौ २० गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेसँगै सर्वसाधारणलाई आईपीओ बेच्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावितलाई र वैदेशिक रोजगारीमा रहेकालाई ५७ हजार २९ कित्ता शेयर बाँडफाँड गरिसकेको छ।

अब कम्पनीले २८ हजार ५१४ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ११ हजार ४०६ कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख ७३ हजार ३३६ कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिनेछ भने निष्कासन बन्द भदौ २४ गते हुनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालनय क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*