वित्तीय रुपमा अब्बल लोअर इर्खुवा हाइड्रोपावर, रेटिङ डबल बी माइनस पुनः पुष्टि

११ भाद्र २०८२, बुधबार ११:१८

काठमाडौं  । इक्रा नेपालले लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडको जारीकर्ता रेटिङ डबल बी माइनस पुनः पुष्टि गरेको छ । जारीकर्तालाई दिइएको यो रेटिङले वित्तीय दायित्वहरू समयमा चुक्ता गर्ने मामिलामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋण सीमा सम्बन्धी रेटिङलाई एल डबल बी माइनस मा कायम राखेको छ भने छोटो अवधि ऋण सीमा सम्बन्धी रेटिङलाई ए फोर मा पुनः पुष्टि गरेको छ ।

हाल कम्पनीको दीर्घकालीन ऋण सीमा २ अर्ब ७६ लाख रुपैयाँ रहेको छ भने छोटो अवधि ऋण सीमा ४१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यससँगै कुल ऋण सीमा २४ अर्ब ९४ लाख रुपैयाँ पुगेको छ ।

रेटिङ केवल कम्पनीको समग्र ऋण चुक्ता क्षमतासम्बन्धी राय हुने भएकाले कुनै विशिष्ट ऋण साधनमा आधारित हुँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*