दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार, अन्य कसको कति ?
११ भाद्र २०८२, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.६९ अंकले बढेर २८२२ को बिन्दुमा कायम भएको छ ।
बुधबार शेयर बजार बढेसँगै कारोबार पनि बढेर सात अर्ब ६८ करोड रुपैयाँको भएको छ । जसमा आज पनि हिमालयन रि इन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ५० करोड ५२ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, ग्रीन भेन्चर्सको ४६ करोड ५३ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ४३ करोड ४० लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाको २१ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।













