बजारमा रौनकः विकास बैंक र जीवन बीमाका लगानीकर्ता मालामाल, अब लय फर्किएको हो ?

११ भाद्र २०८२, बुधबार १५:०७

काठमाडौँ । शेयर बजारमा उछाल देखिएको छ । गत दुई दिनको सुधारपछि आज पनि बजार उच्च अंकले उकालो लागेको हो ।

लगानीकर्तामा बजारको सुधारप्रति उत्साह देखा परेको छ । बजारमा सुधारको प्रमुख कारणमध्ये ब्याजदर निरन्तर ओरालो लाग्नु, नेपाल राष्ट्र बैंकद्वारा नीतिगत सुधारहरू र नियामक निकायहरूको गम्भीर नजर रहेको विश्लेषकहरूले जनाएका छन् । यी सबै कारकहरूले बजारलाई सकारात्मक यात्रा समाल्न सहयोग पुर्याउने विश्वास लगानीकर्तामा बढाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले २०८१।०८२ आर्थिक वर्षका वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश कम्पनीहरूको वित्तीय अवस्था बलियो देखिएको छ भने लाभांश क्षमता पनि सुधारिएको छ । यसले पनि शेयर बजारमा लगानीकर्ताको आत्मविश्वास बढाएको छ र बजारको सुधारलाई थप टेवा दिएको छ ।

तर केही लगानीकर्ताहरू भने अझै माफियाहरूको चलखेल हुन सक्ने चेतावनी दिइरहेका छन् । उनीहरूको बुझाइमा ३००० बिन्दु पार गरेको बजार अब ३२०० माथि जाने आशामा लगानीकर्तालाई भुल्याउने गतिविधि भइरहेको छ । यसैकारण विशेषज्ञहरूले बलियो कम्पनीमा मात्र लगानी गर्न र बजारमा प्रवेश गर्नु अघि राम्ररी बुझ्न सुझाव दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.६९ अकंले बढेर २८२२.७८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।

आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बिहिबार विकास बैंक समूहको शेयर मूल्य मात्रै सर्वाधिक ३.५९ प्रतिशतले बढेको हो । साथै, फाइनान्सको २.१५ प्रतिशत, जीवन बीमा समूहको २.३९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको २.३८ प्रतिशत, वाणिज्य बैंक समूहको १.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*