विकास बैंक र बीमा कम्पनीहरुको शेयरमूल्यमा हरियाली, यी १० वटाको उच्च बृद्धि
११ भाद्र २०८२, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.६९ अंकले बढेर २८२२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएसँगै कुल २३२ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । आज हाइड्रोपावर, लघुवित्तका साथै बीमा कम्पनीहरुका लगानीकर्ताहरुले पनि नाफा कमाउन सफल भएका छन् । बुधबार पनि विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, समता घरेलु लघुवित्तको ९.३६ प्रतिशत, ग्रीन भेन्चर्सको ८.०८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७.६० प्रतिशत र गार्डियन माइक्रो लाइफको ७.२८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














