सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

१२ भाद्र २०८२, बिहीबार ०६:३५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ८९ हजार ७५९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

जसमध्ये ६४ हजार कित्ता शेयर संस्थापक शेयरधनी बलराम श्रेष्ठको स्वामित्वमा रहेको छ भने बाँकी २५ हजार ७५९ कित्ता शेयर अर्का संस्थापक शेयरधनी विश्व प्रकाश गुरुङको स्वामित्वमा रहेको छ।

संस्थापक शेयर बेच्दा सोही कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनु पर्ने प्रावधान बमोजिम बैंकले यसअघि नै उक्त शेयर विद्यमान संस्थापक शेयरधनीमा ३५ दिन बिक्री खुला गरेको थियो तर तोकिएको म्यादसम्म आवेदन नपरेपछि सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले अबको १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। त्यसरी निवेदन दिंदा आफूले किन्न चाहेको शेयर विवरण पनि खुलाउन बैंकले निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*