प्रतिकित्ता ११६ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

१२ भाद्र २०८२, बिहीबार ०७:५८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर न्यूनतम मूल्यमा सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकले संस्थापक शेयरधनी अरुण भगतको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ११६ रुपैयाँमै र अर्का संस्थापक शेयरधनी यदुनाथ घिमिरेले ५४ हजार ८११.५७ कित्ता संस्थापक शेयर प्रतिकित्ता १२० रुपैयाँमै बिक्री खुला गरेका हुन्।

यी शेयरहरू खरीदका लागि संस्थापक शेयरधनीलाई यसअघि नै अवसर दिइसकिएकाले अब भने सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ।

अतः प्रतिकित्ता ११६ रुपैयाँको शेयर किन्न इच्छुकले अबको ३५ दिनभित्र र प्रतिकित्ता १२० रुपैयाँको शेयर किन्न इच्छुकले अबको ७ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*