अरुण काबेलीले १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर ल्याउने, बोलायो साधारणसभा

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सहित पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असोज ३ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव छलफल गरी पारित गर्नेछ।
यसका साथै संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन गर्ने र थप लगानी गर्न स्वीकृति दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
सभा प्रयोजनार्थ कम्पनीले यही भदौ २५ गते बुधबार १ दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा भदौ द्द४ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सो साधारणसभामा भाग लिन सक्नेछन्।












