डडेल्धुरामा जीप दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडामा बिहीवार बिहान भएको जीप दुर्घटनामा चार जनाको ज्यान गएको छ।
उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परी घटनास्थलमै नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
उक्त दुर्घटनामा थप चार जना घाइते भएका छन्। घाइते हुनेमा १८ वर्षीया सुशिला बिक, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन्। घाइतेमध्ये सुशिला बिक र चालक रामबहादुरको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।












