वाणिज्य बैंकहरुको सम्पत्ति साढे ७७ खर्ब: धनी बैंकको शीर्षस्थानमा ग्लोबल र नबिल, कुनसँग कति छ ?

काठमाडौँ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७७ खर्ब पुगेको छ । बैकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकको कुल सम्पत्ति ७७ खर्ब ७६ अर्ब ८५ करोड ६४ लाख ५३हजार रुपैयाँ पुगेको हो ।
एक वर्षको अवधिमा मात्र बैंकको सम्पत्ति ८ खर्ब ७९ अर्ब १ करोड ८३ लाख ९० हजार रुपैयाँ थपिएको हो । बैंकहरुको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १२.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको सम्पत्ति ६८ खर्ब ९७ अर्ब ८३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
गत आर्र्थिक वर्षको तथ्याङ्कलाई हेर्दा सबैभन्दा धेरै सम्पत्ति हुनेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । समिक्षा अवधिमा बैंकको कुल सम्पत्ति ६ खर्ब ८९ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको सम्पत्ति १४.१० प्रतिशतले बढी हो । वर्षदिनको अवधिमा बैंकको सम्पत्ति ८५ अर्ब २२ करोड ८७ लाख रुपैयाँले बढेको हो ।
धेरै सम्पत्ति हुने दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकसँग हाल ६ खर्ब ३८ अर्ब १५ करोड ५७ लाख रुपैयाँको सम्पत्ति रहेको छ । वर्षदिनको अवधिमा बैंकको सम्पत्ति समेत ८१ अर्ब १३ करोड ५८ लाख रुपैयाँले बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको कुल सम्पत्ति ७६ अर्ब ७ करोडले बढेर ५ खर्ब ८५ अर्ब, २५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७४ अर्ब १२ करोडले बढेर ५ खर्ब ६५ अर्ब ६६ करोड, लक्ष्मी सनराइज बैंकको ४७ अर्ब ७४ करोडले बढेर ४ खर्ब ४२ अर्ब ४९ करोड र कुमारी बैंकको ३३ अर्ब ४ करोडले बढेर ४ खर्ब ४२ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
साथै, प्रभु बैंकसँग ४ खर्ब १० अर्ब ६७ करोड, नेपाल बैंकसँग ३ खर्ब ९९ अर्ब ३२ करोड, एनआईसी एशिया बैंकसँग ३ खर्ब ७८ अर्ब ७६ करोड, हिमालयन बैंकसँग ३ खर्ब ७२ अर्ब ९४ करोड, एरभेष्ट बैंकसँग ३ खर्ब ६५ अर्ब, कृषि विकास बैंकसँग ३ खर्ब ६२ अर्ब र एनएमबि बैंकसँग ३ खर्ब ५२ अर्ब रुपैयाँ सम्पत्ति रहेको छ ।
यसअवधिमा सिद्धार्थ बैंकको कुल सम्पत्ति ३ खर्ब ३८ अर्ब, प्राइम बैंकको ३ खर्ब १७ करोड, सानिमा बैंकको २ खर्ब ६३ अर्ब, सिटिजन्स बैंकको २ खर्ब ४५ अर्ब, नेपाल एसबिआई बैंकको २ खर्ब ३२ अर्ब, माछापुच्छ्रे बैंकको २ खर्ब १७ अर्ब र स्टान्र्डड चार्टड बैंकको १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ ।













