हिमस्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

१२ भाद्र २०८२, बिहीबार १३:२९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ। बिहिबार कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो। अब उक्त शेयर शेयर भदौ १५ गतेदेखि नेप्सेमा कारोबार हुनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई एचआईएमएसटीएआर स्टक टिकर प्रदान गरेको छ।

1756360836243

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*