हिमालयन र नेपाल रि इन्स्योरेन्समा दैनिक झुम्मिदै लगानीकर्ता, आज यी १० को भयो उत्कृष्ट कारोबार
१२ भाद्र २०८२, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३७.१० अंकले घटेर २७८२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेपनि कारोबार रकम बढेको छ । बिहीबार कुल ८ अर्ब नौ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । जसमा आज पनि नेपाल पुनर्बीमाको ६५ करोड ४४ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको ३५ करोड चार लाख रुपैयाँ, शिवम् सिमेन्टको २२ करोड ४२ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १९ करोड रुपैयाँको कारोबार भएको छ ।













