बजार घट्दा २४ कम्पनीको शेयरमा हरियाली, कसको कति रुपैयाँले बढ्यो?
१२ भाद्र २०८२, बिहीबार १५:१६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३७.१० अंकले घटेर २७८२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटपनि बिहीबार कुल २४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा विकास हाइड्रोपावरको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, मैलुङ खोला जलविद्युतको ३.६२ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ३.४१ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.१९ प्रतिशतले शेयरमूल्य बढेको छ ।













