मिड सोलु हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
१२ भाद्र २०८२, बिहीबार १७:०६

काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गर्नेछ ।













