बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन
१२ भाद्र २०८२, बिहीबार १९:५१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ।
समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन्। भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो।
यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझामाथि खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको थियो।
त्यसपछि रिक्त पदपुर्तिका लागि सिफारिस समिति बनाइएको हो।














यसपटक को समिति सदस्यले असल र कर्तब्यनिष्ठ अध्यक्ष को चयन गर्नु बीमा ब्यबसाय को लागि अति आवश्यक छ।
विगत का अध्यक्ष ले बीमा ब्यबसाय,बीमक र अभिकर्ता को हकहित मा काम गरेनन्।